Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सपिङ मलमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी । डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको छ ।

बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक घाइते भएको बताइएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २२ वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको बताएको छ ।

संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077