Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कूटनीतिक पत्राचार परराष्ट्र मन्त्रालयमार्फत गर्न मातहतका निकायलाई मन्त्रालयहरूको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैदेशिक एवम् कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्न विभाग, प्राधिकरण, बोर्ड, आयोग, विकास समिति र सबै महाशाखाहरुलाई निर्देशन दिएको छ ।

सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि आफ्ना सबै निकायलाई पत्राचार गर्दै वैदेशिक एवम् कुटनीतिक सम्बन्धका विषयमा परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्न आग्रह गरेको छ ।

नेपाल सरकारको असार ६ गतेको निर्णय कार्यान्वयन गर्न भन्दै मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो पत्राचार गरेको हो ।
सरकारले अब वैदेशिक तथा कूटनीतिक सम्बन्धमा पत्राचार गर्दा एकद्वार नीति अपनाउने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077