Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवनियुक्त मन्त्रीको आजै शपथ ग्रहण हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट मन्त्री बनेकाहरुको शपथ आजै हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद हेरफेर गरेका छन् ।

उनीहरु तीनै जनाको शपथ आज ४ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसपाले पठाएका चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई पठाइएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077