Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई ओलीको चुनौती

काठमाडौं । एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न केपी शर्मा ओलीले सरकारलाई चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै विपक्षी नेता ओलीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीले संसद र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए ।

२०७६ जेठमा एमसीसीको प्रतिवेदनमा एसपीपी इण्डो प्यासिफिकको अंग भएको र नेपाल त्यसम सामेल भएको रिपोर्ट आएपछि आफ्नो सरकारले त्यसलाई रोकेको ओलीले बताए ।

रक्षामन्त्रीले परराष्ट्रसचिवको संयोजकत्वमा गठन गरेको समितिले तत्कालै स्टप गरेको भन्दै ओलीले यसबारेमा यथार्थ जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077