Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

केपी ओलीको आरोप-अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी बजेट बनाइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट केही घरानाको जस्तो मात्र भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी बजेट ल्याएको आरोप लगाए ।

‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो रु’

बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको ओलीले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077