Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय दूतावासका सुरक्षागार्डले गरे गोली हानी आत्महत्या

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् ।

घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए ।

घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077