Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओलीको प्रश्न - जनताका हितको रक्षा गर्दैनौं भने भत्ता मात्रै किन खाने ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संघीय संसद्‌ले निरीहता भोगिरहेको बताएका छन् ।

उनले मुलुकमा अव्यवस्था हुँदा पनि संसद् निरीह भएर हेरिरहेको र अशक्त अवस्थामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संसद्‌ले आफ्नो वजनअनुसार चल्नुपर्ने सुझाव दिएका छन् ।

उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्‌लाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि सुझाव दिए । 'यस गरिमामय सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छुः यो संसद् लहैलहैमा चल्न भएन ।
हामी जनप्रतिनिधि हौंः हामी जनप्रतिनिधिले लहैलहैमा कुदेर हुँदैन,' उनले भने, 'देशप्रति जिम्मेवार भएर सोच्न सक्नुपर्दछ । देश, जनताका हितको रक्षा गर्न सक्नुपर्छ । जनताका हितको रक्षा गर्दैनौं भने भत्ता मात्रै खाने ?'

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077