Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आयोगद्धारा स्थानीय निर्वाचनमा खर्च नभएको डेढ अर्ब फिर्ता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ ।

आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपैयाँमध्ये एक अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिए ।

आयोगले स्थानीय निर्वाचनको लागि मन्त्रालय समक्ष आठ अर्ब ९५ करोड बजेट माग गरेको थियो, तर मन्त्रालयले आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077