Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

संखुवासभा । संखुवासभामा एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा एकजना धामीलाई पक्राउ गरेको छ ।

३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो । उनले गाउँमा धामी झाक्रीको काम पनि गर्दै आएका थिए ।

झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई उनले कुटपिट गरेका थिए ।

ती महिलालाई कार्कीले कुटपिट गरी घाइते बनाएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077