Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २७ हजार नक्कली नोटसहित दुईजना पक्राउ

    २७ हजार नक्कली नोटसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 756
    SHARES

    काठमाडौं । काठमाडौं प्रवेश गर्ने फर्पिङ चेक प्वाइन्टबाट २७ हजार नक्कली रूपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

    काठमाडौं प्रहरीका अनुसार बरामद नोट सबै एक हजार दरका छन् । पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिकाका २६ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय गंगाकुमार यादव छन् ।



    ना। ३४ प ५५७० नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले खानतलासी लिँदा नक्कली पैसा बरामद भएको थियो ।



    दुईजनामाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार