Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामेछाप बस दुर्घटना अपडेट : मृत्यु भएका १३ जनाकै परिचय खुल्यो [नामावलीसहित]

रामेछाप । रामेछापको सुनापति ५ खनियापानीको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । ९ जनाको घटनास्थलमै र ४ जनाको काभ्रेको धुलिखेल अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो । दुर्घटनामा अन्य २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मृत्यु भएका सबै जनाको परिचयसमेत खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, बुद्ध लामा, रामबहादुर श्रेष्ठ, नेमा तामाङ, सन्जु आले मगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका ४ की समिता तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ की धनमाया तामाङ रहेका छन् ।

यस्तै रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२२ जना घाइतेमध्ये एक जना उपचारपछि डिस्चार्ज भएका छन् भने २१ जनामध्ये १२ जनाको धुलिखेल अस्पताल काभ्रे, सात जनाको बीएण्डबी अस्पताल काठमाण्डौ र दुई जनाको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको छ ।

आज बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटना थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077