धनगढी । कैलालीमा अत्यधिक गर्मीका कारण ९ जना प्रहरी जवान प्रशिक्षार्थी बिरामी भएका छन् ।
नयाँ भर्ना भएका तालिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर अस्पताल भर्ना भएका हुन् ।
उनीहरूलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । तीमध्ये सात जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आज बिहान शारीरिक व्याम अन्तर्गत १० किलोमिटर दौडमा सहभागी ९ जना वेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो । दुईजना जवानको भेन्टिलेटर राखेर उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
भदौमा नयाँ भर्ना लिएर ९८ जना प्रहरी जवानले सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षण लिइरहेका छन् ।