Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चन्द्रागिरि केबलकारमा फसेका ४३६ जनाको उद्धार

काठमाडौं । काठमाडौंको चन्द्रागिरि केबलकारमा फसेका ४३६ जनाकै उद्धार भएको छ । केवलकार नचलेपछि भालेश्वर मन्दिर परिसरमा दिनभर रोकिएका पर्यटकलाई नेपाल प्रहरीले उद्धार गरेको हो।

केबलकार आधा घण्टादेखि ४५ मिनेट सम्म बीचमै रोकिएको थियो । इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्‍याइएको थियो ।

बुधबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पनि केहीबेर केबलकारमै रोकिएका थिए। उनलाई भने दिउँसै फर्काइएको थियो।

प्रहरीले माथि मन्दिरमा फसेका १७० जनालाई पैदल हिँडाएर उद्धार गरेको हो। त्यस्तै, २६६ जनाको भने केबलकारकै प्रयोग गरी उद्धार गरेको प्रहरीले जनाएको छ ।

उद्धार गर्न प्रहरी वृत्त थानकोटका डिएसपी, प्रहरी वृत्त कीर्तिपुरका डिएसपी, प्रहरी वृत्त नागार्जुनका निरीक्षक, प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक, नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077