Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हतियार देखाएर नगरपालिकाका कर्मचारीलाई धम्की दिने तीनजना पक्राउ

कैलाली । कैलालीमा कर्मचारीलाई घरेलु हतियारसहित धम्क्याउने तीनजना पक्राउ परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिकाका कर्मचारीलाई हतियारसहित धम्क्याउने वडा नम्बर २ साँडेपानीका ३६ वर्षीय विरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाई पक्राउ परेका हुन् ।

उनीहरु बुधबार नगरपालिकाको कार्यालयमा घरेलु हतियारसहित प्रवेश गरी भुक्तानीका लागि कर्मचारी धम्कयाएका थिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरु साडेपानीमा रहेको रिफ्रेस रेन्टर निमार्णको भुक्तानी माग गर्दै नगरपालिकाको कार्यालय भित्र हतियारसहित प्रवेश गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077