Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच काँकडभिट्टामा कुनै झडप नभएको प्रष्टीकरण

झापा । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काँकडभिट्टामा कुनै झडप नभएको स्पष्ट पारेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठक र सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो कुनै झडप विवाद नभएको बताएका हुन्।

बुधवार काँकडभिट्टाबाट शरीरमा लुकाएर सुपारी लैजाँदै गरेका बंगलादेशका नागरिकलाई प्रहरी टोलीले पक्राउ गरेको थियो ।

तर,त्यहाँ कुनै झडप नभएको दुवै संगठनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077