Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न लागेका सुभास पक्राउ

    चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न लागेका सुभास पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न लागेका सुभास भेटवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धको टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

    भेटवाललाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनी आपराधिक विश्वासघातको कसुरमा पक्राउ पूर्जी जारी भएपछि फरार हुँदै आएका थिए।



    जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमार बरालले उजुरी दिएका थिए ।



    सोही प्रकरणमा उनीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा पक्राउ पूर्जी जारी भएको थियो । गत असोजमा जाहेरवाला बराल, भेटवालसहितका व्यक्ति तास खेलेका थिए।

    रक्सी खाँदै तास खेल्दा आफ्नो सात थान चेक हराएको भन्दै बैंकमा ब्लक गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार