Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतलाई चीनको चेतावनी - तिब्बतको कुनै पनि मामिलामा नबोल्नू

एजेन्सी । चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ ।

तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने बताए ।

निर्वासनमा रहेका चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिलाई भारत र अमेरिकाले उचालेर विवाद बढाउने काम नगर्न चीनले भारत र अमेरिकालाई चेतावनी दिएको खबरमा उल्लेख छ ।

यसैबीच इन्डोनेसियामा चलिरहेको जी–२० देशहरुको शिखर सम्मेलनको क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यी ले झन्डै एक घण्टा वार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077