Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, एकजना पक्राउ

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ ।

एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ ।

नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077