Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ज्यान मार्ने उद्योग मुद्दामा संग्लन पाँचजना पक्राउ

    ज्यान मार्ने उद्योग मुद्दामा संग्लन पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 564
    SHARES

    फाइल तस्विर

    सप्तरी । ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–६ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ३३ वर्षीय धनवीर साह, धनवीर साहकी श्रीमती ३२ वर्षीया सरिता देवी साह, राजविराज नगरपालिका–८ बस्ने ५५ वर्षीया अमरिकादेवी साह,



    सोही ठाउँ बस्ने २५ वर्षीया रन्जु साह र २२ वर्षीया अर्चना कुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



    उनीहरुले बलान बिहुल गाउँपालिका–५ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ४० वर्षीय विजयकुमार यादव, उनकी श्रीमती तथा छोरी समेतलाई धनवीर साह समेतका व्यक्तिहरूले असार १४ गते बिहान घरेलु हातहतियार प्रयोग गरी टाउको लगायत शरीरको सम्बेदनशील अंगहरूमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार