Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । गोली प्रहारबाट ढलेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको निधन भएको हो। पूर्वप्रधानमन्त्री आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको नारा सहरमा सार्वजनिक कार्यक्रममा गोली प्रहार भएको थियो।

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077