Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सरकारले नागरिकता कानूनको भ्रूर्ण हत्या गरेको छ : नेता तामाङ

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले संसदमा पेश भएको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएर सरकारले नागरिकता कानूनको भ्रूण हत्या गरेको आरोप लगाएका छन् ।

नागरिकता सम्बन्धी विधेयक लिने सरकारको प्रस्तावप्रति विरोध जनाउँदै उनले भने, ‘सरकारले नागरिकता कानूनको भ्रूर्ण हत्या गरेको छ, जन्मन लागेको नागरिकता कानूनको गर्भपतन गरिएको छ, यो गलत छ ।’

उनले पारित गर्ने चरणमा पुगेको विधेयक फिर्ता लिएपछि अहिलेको संसदबाट नागरिकता सम्बन्धी ऐन बनाउनै नसकिने बताए ।

सरकारले नागरिकता सम्बन्धी ऐन बनाउन नसकेका कारण धेरै जना नागरिकता पाउन नसकेर समस्यामा परेको सांसद तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077