Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुईजनालाई सात वर्ष कैद

सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे समुदायकी युवतीलाई यौन दुर्व्यवहार गर्ने तीनजनालाई कैद र जरिवाना तोकेको छ। यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

यौन दुव्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ ।

उनले चार हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फौसलामा उल्लेख छ । जेल सजाय र जरिवाना तोकिएका तीनैजनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका बेला राउटे समुदायका दुई युवती यौन दुव्र्यवहारको सिकार भएका थिए । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति राउटे युवतीमाथि यौन हिंसा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077