Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध, यात्रु अलपत्र

पर्वत । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक शुक्रवार रातिदेखि अवरुद्ध भएको छ ।

शुक्रवार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भीरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुंगा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उनको भनाइ छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारीसाधन खनियाघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारीसाधन मालढुंगामा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077