Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आज रातिदेखि बजेट निकासा तथा भुक्तानी रोकिने

    आज रातिदेखि बजेट निकासा तथा भुक्तानी रोकिने

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 891
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको छ ।

    चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू आज राति १२ बजेबाट बन्द हुने भएकाले बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको हो ।



    महालेखा नियन्त्रक कार्यालयले भरे रातिदेखि भुक्तानी निकासा रोक्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निर्देशन दिएको हो ।



    प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार निर्देशन दिइएको महालेखा कार्यालयले जनाएको छ ।

    महालेखा नियन्त्रण कार्यालयको निर्देशनअनुसार हिजो शुक्रवार नै लेखा नियन्त्रक कार्यालय र इकाइहरुले आफ्नो प्रणाली बन्द गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार