Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोहना नदीले खतराको तह पार गर्‍यो : उच्च सतर्कता अपनाउन आग्रह

कैलाली । कैलालीको धनगढीस्थित मोहना नदीले खतराको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानैदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो ।

त्यस्तै, खुटीया खोला मुडीभर, मोहना खोला मालाखेती र कान्द्रा खोलामा जलसतह सतर्कता तह आसपास पुगेको छ ।

अझै वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने हुँदा नदी तटीय क्षेत्र र कैलाली-कञ्चनपुरको डुबान क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077