Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तर्घातको छानबिन गर्न माओवादीले बनायो छानबिन समिति

काठमाडौं । स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न नेकपा माओवादी केन्द्रले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् ।

पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ ।  समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077