Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनको जवाफ : म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो तलबबाट र्‍यापर स्वर्गीय यम बुद्धको सालिक बनाउने बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे मुख खोलेका हुन्। महानगरले यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएको समाचार आएको थियो ।

यो निर्णयबारे सर्वत्र आलोचना भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘'म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।'

यसअघि मेयर शाहले १५ लाख रुपैंया बजेट विनियोजन गरेका थिए। मेयर शाहले सालिक बनाउनकै लागि बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो।विरोधपछि महानगरको बजेटमार्फत् सालिक बनाउने निर्णयबाट पछि हटेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077