Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • मेयर बालेनको जवाफ : म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

    मेयर बालेनको जवाफ : म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो तलबबाट र्‍यापर स्वर्गीय यम बुद्धको सालिक बनाउने बताएका छन्।

    उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे मुख खोलेका हुन्। महानगरले यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएको समाचार आएको थियो ।



    यो निर्णयबारे सर्वत्र आलोचना भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘’म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’

    यसअघि मेयर शाहले १५ लाख रुपैंया बजेट विनियोजन गरेका थिए। मेयर शाहले सालिक बनाउनकै लागि बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो।विरोधपछि महानगरको बजेटमार्फत् सालिक बनाउने निर्णयबाट पछि हटेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार