Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

खोलामा फसेका महिलाहरुलाई प्रहरीले गर्‍यो पाँच घण्टापछि उद्धार

दाङ । दाङको देउखुरी भएर बग्ने दरबाजा खोलामा फसेका महिलाको उद्धार गरिएको छ ।

१६/१७ जनाको समूह भएर त्रीशक्ति सामुदायिक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा बाढी आउँदा उनीहरु फसेका थिए ।

मानिस खोलामा फसेको सूचना पाए लगत्तै रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जलमदेव चौधरी, नं २९ ज्वालामाई गण हेड क्वाटर भालुवाङका प्रहरी निरीक्षक, र सशस्त्र प्रहरी वल नं ४१ गण हेक्वा अर्जुन खोलाका प्रहरी निरीक्षक रबिन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसी लगायतको टोली घटनास्थलमा पुगेको थियो ।

राजपुर बेला गाउँपालिका वडा नम्बर २ बेला चप्फाका स्थानीय महिलाहरु च्याउ खोज्न जंगल गएर फर्किने समयमा रसरी र माररी खोला मिलेर बनेको सोमैथान नजिक रहेको दरबाजा खोलामा सत्र जना फसेका हुन् । बिहान ९ बजेदेखि उनीहरु उक्त खोलामा फसेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077