Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तालिमका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु

कैलाली । लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु भएको छ ।

अछामको मेल्लेख गाउँपालिका ६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

असार २२ गते दिपायलस्थित प्रहरी तालिम केन्द्रमा १० किलोमिटरको दौडका क्रममा उनी बेहोस भएका थिए । उनको धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टर मार्फत कोहलपुर रेफर गरिएको थियो ।

प्रहरीका अनुसार कोहलपुरस्थित शिक्षण असपतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मृत्युको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077