Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विनोद शाही हत्या प्रकरण : आरोपित ४ जना पुर्पक्षका लागि कारागार चलान

    विनोद शाही हत्या प्रकरण : आरोपित ४ जना पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 801
    SHARES

    अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

    जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।



    गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृतावस्थामा भेटिएका थिए । उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलका नगरप्रमुख अम्बिका चलाउने, वडा नं ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।



    सरकारी वकिलको कार्यालयले नगरप्रमुख अम्बिका चलाउनेसहित तीन जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो । प्रहरीले नगरप्रमुख चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार