Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जाहेरीपछि मात्रै शव पोस्टमार्टम

    अछाममा शाही मृत्यु प्रकरण : पोष्टमार्टमका लागि शव उठाउने सहमति

    अछाममा शाही मृत्यु प्रकरण : पोष्टमार्टमका लागि शव उठाउने सहमति

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव पोस्टमार्टमका लागि उठाउने सहमति भएको छ ।

    मृतकका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकता अनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।



    जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्दपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए ।



    मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो । मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन् ।

    उक्त घटनाको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको छ ।

    शव जिल्ला अस्पताल पुर्‍याए पनि पोस्टमार्टमको प्रक्रिया भने सुरु भएको छैन । पीडितका आफन्तले किटानी जाहेरी दर्ता भएपछि मात्रै पोस्टमार्टम गर्न दिने अडान राखेपछी पोस्टमार्टम रोकिएको हो ।

    पीडित पक्ष किटानी जाहेरी दर्ताको माग गर्दै प्रहरी प्रशासनमा गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार