Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोशीमा बेपत्ता तीनैजना बालबालिका मृत भेटिए

    कोशीमा बेपत्ता तीनैजना बालबालिका मृत भेटिए

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 1K
    SHARES

    उदयपुर । उदयपुरमा सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ ।

    जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा आइतबार होली खेलेर कोसीमा नुहाउने क्रममा बेपत्ता भएका १२ वर्षीय लोकबहादुर मगर, रेखा मगर र नौ वर्षीय रिदम मगरको शव भेटिएको हो ।



    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार साँझ रिदम र बुधबार लोकबहादुर र रेखाको शव भेटिएको थियो ।



    साउनेस्थित माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रेखा, कक्षा ४ मा अध्ययनरत रिदम र कक्षा ५ मा अध्ययनरत लोकबहादुर होली खेलेर नुहाउन गएको अवस्थामा आइतबार दिउँसो ३ बजे सुनकोसी नदीमा डुबेर बेपत्ता भएपछि उनीहरूको खोजी भइरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार