Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जलाउँदै गरेको शव खोलाले बगाएपछि…

    जलाउँदै गरेको शव खोलाले बगाएपछि…

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 807
    SHARES

    रामेछाप । रामेछापमा जलाउँदै गरेको शव लिखु खोलाले बगाएको छ । शनिबार उमाकुण्ड गाउँपालिका–१, बाल्दिङ गुम्देलका ३२ वर्षीय झपटबहादुर थापाको शव खोलाले बगाएको हो ।

    शनिबार अपराह्न ६ बजेतिर उमाकुण्ड गाउँपालिकामा पर्ने लिखु-२ जलविद्युत् आयोजनाले अकस्मात बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।



    मलामी सबै सकुशल रहेका छन भने शवको खोजीकार्य जारी रहेको बताइएको छ । रामेछापसँगै सोलुखुम्बु प्रहरी र स्थानीयले समेत शवको खोजीकार्य गरिरहेका छन् ।



    शुक्रबार मृत्यु भएका थापाको शव पोस्टमार्टमपछि दाहसंस्कार गर्न लगिएको थियो । उनले आत्महत्या गरेको खुलेको थियो । बाँध खोलीदिएकोमा स्थानीयहरु आयोजनासँग रुष्ट बनेका छन् ।

    जलविद्युत् आयोजनाहरुले बाँध खोल्नु पर्दा सार्वजनिक सूचना जारी गरेरमात्र खोल्नु पर्ने प्रावधान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार