Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बीभत्स हत्यापछि गाडिएको शवको पहिचान खुल्यो, टाउ अझै भेटिएन्

    बीभत्स हत्यापछि गाडिएको शवको पहिचान खुल्यो, टाउ अझै भेटिएन्

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 3.4K
    SHARES

    कपिलबस्तु । कपिलवस्तुमा नहरको कुलोमा बीभत्स हत्या गरेर गाडिएको अवस्थामा भेटिएको शवको सनाखत भएको छ ।

    जिल्लाको कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा शरीर जलाइएको र टाउको नभएको शव आइताबार साँझ फेला परेको थियो ।



    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको रहेको खुलेको छ ।



    मृतक कुर्मी गत शनिबार साँझदेखि सम्पर्कविहीन भएका थिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको शवलाई मृतकका भाइले सनाखत गरेका हुन् ।

    शरीरको केही भाग जलेको भएपनि कपडाले आफ्नै छोरा रहेको मृतकका बुवा रामपति कुर्मीले पनि पुष्टि गरे । शवलाई पोस्टमार्टमका लागि सोमवार बुटवल लगिएको थियो ।

    शवको टाउको भने अझै फेला परेको छैन । शव गाडिएको स्थलदेखि अढाई सय मिटर उत्तरतर्फको खेतमा समेत रगत देखिएको प्रहरीले जनाएको छ । शवको सनाखत भएपछि प्रहरीले घटनाको अनुसन्धान सुक्ष्मरुपले अगाडि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार