Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सामुदायिक वन भित्र महिलाको शव फेला

    सामुदायिक वन भित्र महिलाको शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 870
    SHARES

    झापा । झापाको दमक-२ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव भेटिएको छ ।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार अन्दाजी ५५ देखि ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।



    सोमबार बिहान घाँस काट्न जाने महिलाले दमक २ स्थित सामुदायिक वन परिसरमा रहेको रतुवा खोलाको घाट नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    बिहान पख भेटिएको शवमा चोटपटक नरहेको प्रहरीले जनाएको छ । उक्त भेटिएको शवको पहिचान गर्नका लागि प्रहरीले जनप्रतिनिधिसहित स्थानीयहरूसँग सहयोग माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार