Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुनकोशी नदीमा बेपत्ता भएका भुर्तेलको शव ८ दिनपछि भेटियो

    सुनकोशी नदीमा बेपत्ता भएका भुर्तेलको शव ८ दिनपछि भेटियो

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 834
    SHARES

    काठमाडौं । सिन्धुलीको गोलोन्जोरस्थित सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी (टीईभीटी) बेपत्ता कर्मचारीको शव ८ दिनपछि भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका-७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको हो ।



    सिटिइभिटीका योजना महाशाखाका निर्देशक भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।



    जेठ १९ गते काठमाडौंबाट खोटाङतर्फ गइरहेको गाडी सुनकोशी नदीमा खसेको थियो । गाडीमा सवार चार जनामध्ये चालक भने पौडेर बाहिर निस्किएका थिए । बेपत्ता हुनेमा सीटीईभीटीका निर्देशकद्वय कृष्ण केसी र यमप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल थिए ।

    दुर्घटना बेपत्ता दुई जना कर्मचारीको शव भने ४ दिन अघि नै फेला परिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार