Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी

    अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 906
    SHARES

    काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता सिटीइभिटीका कर्मचारी चार दिन बित्दा समेत अझै भेटिएका छैनन्।

    काठमाडौंबाट खोटाङ जाँदै गरेको सीटीईभीटीको एउटा गाडी शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको थियो ।



    सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए।



    हराएका तीन जनाकोे खोजीका लागि सुनकोशी नदीमा तीनवटा स्काइभेटरको प्रयोग गरेर खोजी कार्य जारी राखेपनि उनीहरु फेला पर्न नसकेो जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    दुर्घटनापछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेकोमा सोमबार बिहानैबाट पुनः खोजी कार्य अघि बढाइएको छ ।

    गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी पौडी घाइते छन्।

    सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार