Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न गोताखोर टोली परिचालन

    सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न गोताखोर टोली परिचालन

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 519
    SHARES

    सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका सीटीईभीटीका दुई निर्देशक र अधिकृतको खोजीमा गोताखोर टोली परिचालन भएको छ ।

    भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।



    जिप नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।



    चालक कृष्ण चौधरी पौडिएर निस्किएका छन् । उनको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार