Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी अझै भेटिएनन्

    सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी अझै भेटिएनन्

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै भेटिएका छैनन्।

    काठमाडौंबाट खोटाङ जाँदै गरेको सीटीईभीटीको एउटा गाडी शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको थियो ।



    सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए। हिजो अबेरसम्म नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको छ।



    अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित ‍२४ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    बिहान शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

    गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी पौडी घाइते छन्।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

    सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार