Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

    अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 405
    SHARES

    अछाम । अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

    शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१-००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान पल्टिएको हो ।



    घटनास्थलमा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ रिसिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् ।



    ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक जना बालक गरी ३ जना घाइतेलाई बयालपाटा अस्पाताल लगिएको र उनीहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार