Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाटोमै रोकिएका सयौँ विदेशी पर्यटकले पाए रामारोशन जान अनुमति

    बाटोमै रोकिएका सयौँ विदेशी पर्यटकले पाए रामारोशन जान अनुमति

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 645
    SHARES

    अछाम । बाटैमा रोकिएका विभिन्न देशका पर्यटकलाई रामारोशन घुम्नका लागि गृह मन्त्रालयले सर्तसहितको अनुमति दिएको छ ।

    रोकिएपछि अलपत्र विदेशी टोलीलाई गृहमन्त्रालयले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई नरोक्न निर्देशन दिएको हो ।



    २५ भन्दा बढी मुलुकका पर्यटक कम्तीमा एक महिना बस्ने उद्देश्यले गत साता नै अछामको सीमामा पुगेका थिए ।



    लामो समय रामारोशन क्षेत्रमा धेरै संख्यामा बस्ने भएपछि सरकारका विभिन्न तहबाट अनुमति ल्याएर आए मात्रै उनीहरुको उद्देश्यअनुसार छाड्न सकिने भन्दै स्थानीय प्रशासनले बाटैमा रोकेको थियो ।

    अछामको पूर्वी सीमा बेलखेत, पश्चिम चौखुट्टे र जयगढ बजारमा पुगेका २ सय ५० जना विदेशीलाई बुधबार पर्यटकीय क्षेत्र रामारोशनमा जाने अनुमति दिइएको अछामका प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार