Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भिड नियन्त्रण विशेष तालिम अछाममा सुरु, इन्स्पेक्टर साउँदले गरे उद्घाटन

    भिड नियन्त्रण विशेष तालिम अछाममा सुरु, इन्स्पेक्टर साउँदले गरे उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 1.7K
    SHARES

    अछाम । जिल्ला प्रहरी कार्यालय अछामले विशेष घुम्ति प्रशिक्षण तालिम अन्तर्गत भिड नियन्त्रण सम्बन्धी ६ दिने विशेष तालिम सुरु गरेको छ ।

    तालिमको जिल्ला प्रहरी कार्यालय अछाम प्रबक्ता तथा प्रहरी निरीक्षक राजेन्द्र साउँदले बिहीबार उद्घाटन गरेका हुन् ।



    पुस २५ गतेसम्म चल्ने उक्त तालिममा प्रहरी कार्यालयका प्रहरी बरिष्ठ हवल्दार, हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानको सहभागिता रहेको छ ।



    प्रहरी बरिष्ठ हवल्दार, हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानहरु लक्षित विशेष घुम्ति प्रशिक्षण तालिम अन्तर्गत सो तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंको तत्वावधानमा सो तालिम सुरु गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार