Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रविधिमैत्री बन्यो अछाम प्रहरी, अबदेखि ‘क्यूआर कोड’बाट उजुरी

    प्रविधिमैत्री बन्यो अछाम प्रहरी, अबदेखि ‘क्यूआर कोड’बाट उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 1.7K
    SHARES

    अछाम । अछामवासीले अब ‘क्यूआर कोड’मार्फत प्रहरीमा उजुरी दिन सक्ने भएका छन् । नागरिकमैत्री सेवा दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय अछामले ‘क्यूआर कोड’मार्फत उजुरी वा सुझाव दिन सक्ने व्यवस्था गरेको हो ।

    मंगलबार एक कार्यक्रमकाबीच अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले ‘क्युआर कोड’ सार्वजनिक गरेका हुन् । उनले जिल्ला प्रहरी कार्यालयको मुल गेटमा क्यूआर कोडको उद्‍घाटन गरेका थिए ।



    प्रहरी सेवा प्रवाहलाई छिटो, व्यवस्थित, जवाफदेहिता, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सुसम्बन्ध एवम् सुशासन कायम राख्ने प्रयोजनका लागि गुनासो व्यवस्थापन गर्न क्यूआर कोड ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।



    सो क्यूआर कोड अब जिल्ला प्रहरी कार्यालय अछाम मातहतका सबै प्रहरी युनिटरुमा सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयन गरिने दाबी गरिएको छ । यता सुदूरपश्चिम प्रदेश प्रहरीले पनि केही महिना अगाडि मात्रै क्यूआर कोड सार्वजनिक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार