Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अछाममा असईमा बढुवा भएका तीन प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

    अछाममा असईमा बढुवा भएका तीन प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 4.6K
    SHARES

    अछाम । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत तीन प्रहरी सहायक निरीक्षक (असई) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    हालै जनपद समुह तर्फको प्रहरी बरिष्ठ हवल्दार पदबाट सोही समूहको प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा भएका उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले सोमबार एक समारोहकाबीच नर बहादुर खड्का, यज्ञ राज जेठारा र भरत बहादुर रावललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    साथै डीएसपी पाठकले थप जिम्मेवारीलाई नयाँ उर्जाका साथ निर्वाह गरी उच्च मनोबलका साथ तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगबाट सम्पन्न गर्न आवश्यक निर्देशनसमेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार