Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शाही मृत्यु प्रकरण : अनुसन्धान गर्न सीआईबीको टोली परिचालन

    शाही मृत्यु प्रकरण : अनुसन्धान गर्न सीआईबीको टोली परिचालन

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ ।

    शनिवार कक्षा १० मा अध्ययनरत विनोद शाही जंगलमा मृत भेटिएका थिए ।



    घटना अनुसन्धानमा सुदूरपश्चिम प्रदेशमा रहेको ब्यूरोको टोलीलाई पठाइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले बताए ।



    विनोद पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका हुन् ।

    आक्रोशित स्थानीयले प्रहरीलाई घटनास्थलमा जान रोकेका थिए । तर, अहिले शव घटनास्थलबाट निकालेर पोष्टमार्टम गर्न स्थानीय सहमत भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार