Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ५५ वर्षीय विक मृत फेला

    ५५ वर्षीय विक मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    पाल्पा । रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् ।

    घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।



    बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीन पटक शल्यक्रिया गरेको पारिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार