Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दम्पत्ती घरमै मृत भेटिए

    दम्पत्ती घरमै मृत भेटिए

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 573
    SHARES

    फाइल तस्विर

    धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ३ मुलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत अवस्थामा भेटिएका छन् ।

    जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र उनकी श्रीमती निरमायाँ आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।



    काठको कच्ची घरमा बस्दैआएका सम्पत्तिलाई सोमबार बिहान करिब ८ बजे स्थानीयले मृत अवस्थामा फेला पारेको त्रिपुरा सुन्दरी गाउँपालिका –३ का वडा अध्यक्ष कमल आलेमगरले जानकारी दिए ।



    अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार