Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विनोद शाही मृत्यु प्रकरण

    अछामका डीएसपी थपलियाको सरूवा, नारायण डाँगी आउने

    अछामका डीएसपी थपलियाको सरूवा, नारायण डाँगी आउने

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.9K
    SHARES

    अछाम । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक रविराज थपलियाको काठमाडौं सरुवा भएको छ।

    प्रहरी प्रधान कार्यालयले डीएसपी थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरेको हो ।



    अब अछाम प्रहरी प्रमुखमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेतमा कार्यरत डिएसपी नारायण डाँगी आउने भएका छन् । पञ्चदेवल विनायक नगरपालिका– ४ का युवक विनोद शाहीको मृत्युपछि अछाम अशान्त बन्दै आएको छ ।



    उनको शव गत २१ जेठमा भेटिएको थियो । परिवारले उनको हत्या भएको आरोप लगाउँदै आएको छ ।

    घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट टोली खटिएको छ । तीन साता हुन लाग्दा पनि घटनाको अनुसन्धान हुन सकेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार