Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देशभर मनसुनी वायुको सामान्य प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

मौसम विज्ञान विभागको अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार हाल प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा सामान्यतादेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077