Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जङ्गली च्याउ खाँदा ६ जना बिरामी

    जङ्गली च्याउ खाँदा ६ जना बिरामी

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 918
    SHARES

    दाङ । जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् ।

    बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन् ।



    त्यस्तै विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    बिरामीहरू सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार